काठमाडाैं । भक्तपुरमा एक महिनाको अवधिमा १ सय ५२ वटा आपराधिक घटनाको मुद्दा दर्ता भएका छन्
विभिन्न घटनामा १ सय १० जनालाई प्रहरीले पक्राउ गरेको हाे । जिल्ला प्रहरी परिसर भक्तपुरले सोमबार प्रतिवेदन सार्वजनिक गर्दै गत माघभरिमा जघन्य तथा गम्भीर अपराधसम्बन्धी दुई वटा हत्याका घटना घटेकाे जनाएकाे छ। लागूऔषधका आठ घटना, बहुविवाह एक, बैंकिङ कसुरका ६२, ठगीका ७, चोरीका १६, जुवाको एउटा र आत्महत्याका दुई वटा मुद्दा दर्ता भएकाे प्रहरीले बताएकाे हाे ।
विभिन्न घटनामा संलग्न ३२ जनालाई कैद सजायका लागि कारागार चलान गरिएको, फैसला कार्यान्वयनतर्फ दुई वर्ष नौ महिना एक दिन कैद सजाय भुक्तानका लागि कारागार चलान भएका छन् । विभिन्न घटनामा ६७ लाख ४७ हजार ८० जरिवाना एवं बिगो संकलन गरिएको प्रहरी परिसर भक्तपुरले जनाएकाे हाे ।






प्रतिक्रिया दिनुहोस्