Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


हेटौंडामा भेटिएको शंकास्पद वस्तुकाे नेपाली सेनाद्वारा डिस्पोज


546
Shares

काठमाडाैं । नेपाली सेनाले हेटौंडामा मंगलबार बिहान सडक खण्डबीच भागमा भेटिएको शंकास्पद वस्तुकाे डिस्पोज गरेको छ ।

सेनाले हेटौंडा-१६, चिसापानीस्थित धरान चतरा सडक खण्डकाेबीच भागमा मंगलबार बिहान सवा ५ बजे भेटिएको साेही वस्तुलाई डिस्पोज गरेकाे हाे । सेतो कपडाले बेरिएको शंकास्पद वस्तु बाहिरपट्टि खतरा लेखिएको देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थल पुगेको सेना र प्रहरीको टोलीले मंगलबार बिहान सवा ८ बजे शंकास्पद वस्तु डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।