Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


कर्णालीसहित ३ प्रदेशमा आज दिउँसाेदेखि वर्षा र हिमपात हुने


663
Shares

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

मंगलबार बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी-हिमाली भू-भागमा आंशिक बादल लागेको हाे । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

त्यस्तै, मंगलबार भने दिउँसाे भने तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु र कुहिरो रहने भएकाे हाे। देशका उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएकाे हाे । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी-हिमाली भू-भागको केही स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

त्यस्तै, मंगलबार राति भने तराई भू-भागका केही स्थानहरूमा तुँवालो लाग्ने भएकाे हाे । कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाडी-हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएकाे हाे ।गण्डकी प्रदेशको उच्च पहाडी- हिमाली भू-भागको केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।