काठमाडौं ।
युक्रेनका एक पूर्व मन्त्रीलाई देश छोड्न खोज्दा पक्राउ गरिएको छ ।
भ्रष्टाचार काण्डमा मुछिएपछि गते वर्ष सरकारी भूमिकाबाट बर्खास्त गरिएका उर्जामन्त्री जर्मन गालुश्चेन्कोलाई रेलमार्फत देश छोड्न खोज्दा पक्राउ गरिएकाे बताएकाे छ ।
उनको यात्राको गन्तव्य कहाँ थियो भन्ने कुरा स्पष्ट छैन । नोभेम्बरमा भएको कथित १०० मिलियन डलरको हिनामिना योजनामा संलग्न धेरै सरकारी व्यक्तित्वहरूमध्ये उनी पनि एक रहेको बताइन्छ ।
भ्रष्टाचार उन्मूलन गर्ने वाचामा सत्तामा आएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको प्रशासनलाई यो काण्डले धेरै क्षती पुर्याएको छ । आरोपितहरुमाथि युक्रेनको आर्थिक अनियमितता छानबिन ब्युरोले अनुसन्धान गरिरहेको छ ।






प्रतिक्रिया दिनुहोस्