Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


सरकार आसन्न निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन प्रतिवद्ध छ : मन्त्री श्रेष्ठ


117
Shares

काठमाडौं ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आसन्न निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र समावेशी तरिकाले सम्पन्न गर्न सरकार जिम्मेवार भएको लागि परेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री श्रेष्ठले सो निर्वाचनका लागि आम मतदातालाई सूचित, सचेत र जिम्मेवार बनाउन मतदाता शिक्षा कार्यक्रम पनि शुरु गरिएकाले त्यसमा सहभागी पनि आम मतदातालाई आग्रह गर्नुभयो । उहाँले निर्वाचनको तयारीको कामलाई सरकार, निर्वाचन आयोग, नागरिक समाजलगायतका सबै पक्षले तिब्रताका साथ अघि बढाएको समेत स्पष्ट पार्नुभयो । मन्त्री श्रेष्ठमा महिला मतदातको संख्या बढाउने कुरामा पनि सरकारले आवश्यक वातावरण बनाउने काम गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि सरकार, निर्वाचन आयोग, राजनीतिक दल, नागरिक संस्थाहरु सबै अग्रसर भएर अत्यन्तै तिब्र गतिमा काम गरिरहेका छन् । यसै तयारी स्वरुप हिजो आईतबारबाट निर्वाचन आयोगले पनि नागरिकहरुलाई सूचित, सचेत र जिम्मेवार मतदाता बनाउनका लागि मतदाता शिक्षा कार्यक्रमको पनि औपचारिक रुपमा शुरुवात गरिसकेको छ ।

अघि पनि यहाँ कुरा आयो–जेन–जी आन्दोेलनपछिको यो विषय परिस्थितिमा सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा वर्तमान सरकार बनेको छ । र यसको मुख्य म्यान्डेट पनि यो फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई कसरी निष्पक्ष, स्वच्छ, स्वतन्त्र, समावेशी र लोकतान्त्रिक तरिकाले गराउने जिम्मेवारी हाम्रो रहेको छ । र यसमा हामी सबै तत्पर भएर काम गरिरहेका छौँ ।’ मन्त्री श्रेष्ठले निर्वाचनमा बालबालिकाहरुको दुरुपयोग हुन नदिन पनि सरकार सचेत रहेको बताउनुभयो ।