काठमाडाैं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ।
आइतबार प्रतितोला दुई हजार तीन सय रूपैयाँ बढेको सुनको मूल्य साेमबार तोलामा तीन हजार रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुन प्रतितोला तीन लाख द्ई हजार आठ सय रूपैयाँ पुगेको जनाएकाे छ । आइतबार सुन प्रतितोला तीन लाख पाँच हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलामा चार हजार नौ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार चार हजार आठ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय २५ रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा साेमबार सुन प्रतिऔंस चार हजार नौ सय ७२ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।






प्रतिक्रिया दिनुहोस्