Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


रूपन्देही-३ का जसपा नेपालका उम्मेदवार नै एमालेमा प्रवेश

एमालेका उम्मेदवार वासु घिमिरेलाई सघाउने प्रतिवद्धता

715
Shares

काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही-३ मा जनता समाजवादी पार्टी (जसपा), नेपालका तर्फबाट उम्मेदवार रहेका श्रीनिवास यादवले उम्मेदवारी फिर्ता लिनुभएकाे छ।

उहाँले पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै नेकपा एमालेमा समाहित भएको घोषणा समेत गर्नुभएकाे हाे। यादवले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रचलित कानून अनुसार उम्मेदवारी दर्ता गरी मतदाताको घरदैलोमा पुगेको उल्लेख गर्नुभएकाे छ । उहाँले वर्तमान विषम राष्ट्रिय परिस्थितिमा मुलुकको राजनीतिक स्थायित्व र निकासका लागि एमाले नै प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभएकाे हाे ।

नेता यादवले आफूलाई माया, स्नेह र विश्वास गर्ने सम्पूर्ण मतदातालाई एमालेको चुनाव चिन्ह ‘सूर्य’ मा मतदान गर्न समेत आह्वान गर्नुभएकाे छ । साथै उहाँले एमाले रुपन्देही–३ का उम्मेदवार वासुदेव घिमिरेलाई अत्यधिक बहुमतका साथ विजयी गराउन अपिल समेत गर्नुभयाे ।

सोमबार एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे, नेताहरु भूमिस्वर ढकाल, गोमादेवी आचार्य, भरत पोख्रेल, राजेन्द्र पन्थी ,वासुदेव घिमिरे, प्रमोद यादव, हरिप्रसाद अधिकारि, उमा काफ्ले र अनुप बराल लगायतले नेता यादवलाई स्वागत गरेका थिए ।

ण्