Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


प्रदेश सरकारद्वारा दास परिवारलाई थप तीन लाख राहत घोषणा


0
Shares

धनुषा, असोज ९ । एसिड आक्रमणमा परी मृत्यु भएकी रौतहट, चन्द्रनिगाहपुरकी १८ वर्षीया सम्झना दासको निधनप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारले पीडित परिवारलाई थप रु तीन लाख राहत दिने घोषणा गरेको छ ।

प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले मंगलबार आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै उपचाररत् मृतककी बहिनी सुिस्मता दासको उपचार र मृतकको राहतस्वरुप ‘बेटी बचाउ बेटी पढाउ’ योजनामार्फत् उक्त रकम दिने घोषणा गरेका हुन् ।

एसिड आक्रमणबाट गम्भीर दिदी–बहिनीको उपचारका लागि यसअघि नै प्रदेश सरकारले रु एक लाख दिने निर्णय गरिसकेको थियोे ।

मुख्यमन्त्री राउतले उपचाररत् १५ वर्षीया सुिस्मता दासको उपचारका लागि प्रदेश सरकार कटिबद्ध रहेकोसमेत जनाएका छन् ।

उनले एसिड आक्रमणको छानबिन गरी दोषीमाथि कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोेरिन नदिन आवश्यक उपाय तथा कानुनी रायसहित १५ दिनभित्र लिखित प्रतिवेदन पेस गर्न मुख्य न्यायाधिवक्ता दीपेन्द्र झालाई निर्देशन दिएका छन् । रासस