काठमाडाैं । नुवाकाेटकाे दुप्चेश्वर गाउँपालिका-१, ग्याङफेदीका निर्वाचित वडाध्यक्ष सीताराम तामाङ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरी नेपाल नेकपा एमालेमा प्रवेश गर्नुभएकाे छ।
एमालेमा प्रवेश गर्दै उहाँले करिब पाँच सय भन्दा बढी समर्थक र कार्यकर्ता एमाले प्रवेश गराउने वाचा समेत गर्नुभएका हाे । तत्कालिन माओवादी एवं नेकपाले विगत दुई पटकसम्म चुनाव जित्दा पनि नेताहरूले नुवाकोटमा उल्लेखनीय काम गर्न नसकेको उहाँकाे आरोप छ ।
अबको निर्वाचनमा नुवाकोट-१ का एमाले उम्मेदवार बद्री मैनालीलाई जिताउने प्रतिबद्धतासहित आफू एमाले प्रवेश गरेको नेता तामाङले बताउनुभयाे । एमाले प्रवेश कार्यक्रममा नेता मैनालीले पार्टीको झण्डा र चुनाव चिन्ह हस्तान्तरण गर्दै नेता तामाङलाई स्वागत गर्नुभएकाे हाे।
नेता तामाङसँगै दुप्चेश्वरबाट जेनजी पुस्ताका राजेश तामाङ पनि एमालेमा प्रवेश गर्नुभएकाे छ।






प्रतिक्रिया दिनुहोस्