Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


एमाले अध्यक्ष ओली आज दिनैभरी झापाकाे दमकमा व्यस्त


325
Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार दिनभरी झापाकाे दमकका मुख्य चौकमा आयोजना गरिएका विभिन्न कार्यक्रममा व्यस्त हुनुहुने भएकाे छ।

अध्यक्ष ओली साेमबार दमक नगरपालिका अन्तगर्तका मुख्य चौकमा आयोजना गरिएका कार्यक्रममा स्थानीय बासिन्दासँग भेटघाट गर्ने कार्यक्रम रहेको हाे। निर्वाचन प्रचार उपसमितिका संयोजक इन्द्र भण्डारीले साेमबार बिहान ११ बजे दमक ५ को यलम्बर चौकमा आयोजना हुने भेटघाट कार्यक्रममा सहभागी हुने बताउनुभयाे । त्यसलगत्तै ११ बजेर ५० मिनेटमा दमक ६ को शंङ्कधर चौकमा स्थानीयसँग भेटघाट कार्यक्रम तय भएको छ।

त्यसैगरी नै साेमार दिउँसो १ बजे दमक-७ मा रहेको तविन चौकमा सहभागी हुने कार्यक्रम रहेको छ। त्यस लगत्तै अध्यक्ष ओली दिउँसो २ बजे दमकक– १ स्थित हावल्दार चौकमा आयोजना गरिएको भेटघाटमा पुग्नुहुने भएकाे छ । साेमबार दिउँसाे ३ बजे दमक २ स्थित दमक फन पार्कमा आयोजित भेटघाट कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। साेमबार दिउँसाे ४ बजे दमक–३ स्थित आमचौकमा पुगेर स्थानीय बासिन्दासँग भेटघाट गर्ने कार्यक्रम तय भएको हाे।

झापा-५ अन्तर्गतका अन्य पालिकामा स्थानीयसँगको भेटघाट कार्यक्रम सम्पन्न गरिसकेका अध्यक्ष ओलीले दमक नगरपालिकाका स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम रहेको संयोजक भण्डारीले बताउनुभयाे ।