Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


गत माघमा घरजग्गा कारोबारबाट ५ अर्ब ९ लाख बढीकाे राजस्व संकलन

कूल ५० हजार बढी लिखत पारित

169
Shares

काठमाडाैं । गत माघ महिनामा देशैभरीका मालपोत कार्यालयहरुले ५ अर्ब ९ लाख २४ हजार राजस्व संकलन गरेका छन् ।

गत पुसमा ५ अर्ब १७ करोड ३२ लाख राजस्व संकलन गरेकामा माघमा भने केही घटेको हो । देशैभरीको मालपोतको राजस्व संकलन लगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गाको कारोबार उल्लेख्य रुपमा बढ्न नसकेको जनाएकाे छ । विभागल गत माघ महिनामा कूल ५० हजार ८ सय ३७ लिखत पारित भएको बताएकाे हाे । गत वर्षको तुलनामा यस वर्षको माघमा लिखत पारितको संख्यामा केही बढोत्तरी भएको छ ।

विभागले गत माघमा सेवा करबापत ३१ करोड ५८ लाख ७२ हजार ४ सय ८८, रजिस्ट्रेसन दस्तुर २ अर्ब ६८ करोड ६९ लाख ४२ हजार ५ सय ३२ रुपैयाँ संकलन भएको जनाएकाे हाे । त्यसैगरी पूँजीगत लाभकर बापत १ अर्ब ९६ करोड ५५ लाख १२ हजार २ सय ६७ संकलन भएको विभागले जानकारी दिएकाे छ।