Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


विदेशी मुद्राको विनिमयदर आज यस्ताे छ… (सूचीसहित)


260
Shares

काठमाडाैं । नेपाल राष्ट्र बैंकले साेमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ३२ पैसा तोकिएको हाे । त्यसैगरी युरोपियन युरो एकको खरिददर १ सय ७१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १ सय ७२ रुपैयाँ ४७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १ सय ९७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १ सय ९८ रुपैयाँ ३५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १ सय ८८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १ स ८९ रुपैयाँ ३१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १ सय २ रुपैयाँ ३९ पैसा र बिक्रीदर १ सय २ रुपैयाँ ८१ पैसा, क्यानेडियन डलर एकको खरिददर १ सय ६ रुपैयाँ २७ पैसा र बिक्रीदर १ सय ६ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय १४ रुपैयाँ ६५ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ १२ पैसा तोकिएको बैंकले जनाएकाे हाे ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९५ पैसा र बिक्रीदर २१ रुपैयाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७० पैसा र बिक्रीदर ३९ रुपैयाँ ८७ पैसा कायम भएको बैंकले जनाएकाे छ।

विदेशी मुद्राको विनिमयदर तल उल्लेख गरिएकाे छ: