शुभकला राई, ओखलढंगा ।
बिस्तारै चिसो कम हुन थालेपछि पर्यटकीय हिमाली जिल्ला सोलुखुम्बुमा चुनावी माहोल क्रमशः तात्न थालेको छ । प्रतिनिधिसभा तर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा नयाँ अनुहारका विचमा नै प्रतिष्पर्धा हुँदैछ।
चिसो मौसमको अन्त्य हुन थालेसँगै उमेदवारहरु भोट माग्न मतदाताको घरदैलोमा व्यस्त बनेका हुन् । संसदीय इतिहासमा तीन मुख्य दलहरु कांग्रेस, एमाले र तत्कालिन माओवादीका उम्मेदवारले जित्दै आएको सोलुखुम्बुमा यसपटक यहाँ १२ जना उमेदवारहरु चुनावी मैदानमा छन् ।
२०४८ देखि २०५६ सम्म एकछत्र राज गरेको कांग्रेसको गढ २०६४ मा माओवादीले भत्काएको थियो । २०७० मा पुनः कांग्रेसले कमब्याक गरे पनि २०७४ मा माओवादीका हेमकुमार राई र २०७९ मा एमालेका मानवीर राईले जित निकाल्नुभएको थियो ।
१ लाख ४ हजार ८ सय ८१ जनसंख्या रहेको यस जिल्लामा आगामी निर्वाचनका लागि ८५ हजार ५ सय १५ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।
नेपाली कांग्रेसले पर्यटन व्यवसायी समेत रहनुभएका प्रकाशसिंह कार्कीलाई अघि सारेको छ । जिल्लाको पर्यटन प्रवद्र्धन, अर्गानिक कृषि र पूर्वाधार विकासको खाका लिएर कार्की मतदाता रिझाउन व्यस्त हुनुहुन्छ ।






प्रतिक्रिया दिनुहोस्