Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


मुगमा तातोपानीमा नुहाउने विरामीको संख्या बढ्याे


0
Shares

मुग ।
हिमाली जिल्ला मुगमा रहेको कुलाहाँ तातोपानीमा नुहाउने विरामीको संख्या बढ्को छ । जाडो याम शुरु हुने बेलामा बढी भीड लाग्ने मुगुको सोरु गाउँ पालिका वडा न ६ मा रहेको तातोपानीमा जाडो सकिने बेला पनि भीड बढेको हो ।

यहाँ नुहाउनका लागि मुगु र छिमेकी बाजुरा जिल्लाबाट विरामी आउने गरेका छन् । चिसो सिजनमा तातोपानीमा नुहाउँदा बाथ, छालाका विभिन्न रोग निको हुने विश्वास स्थानीयमा छ । यहाँको तातोपानी पिउँदा समेत ग्यास्टिक रोग समेत सन्चो हुने बताइन्छ । यहाँ हिउँदमा बढी नै ओइरो लाग्ने स्थानीय ट्पाल्या भ्यालले बताउनुभयो ।

तातापानी निस्कने मुहानलाई धारा बनाउन सके नुहाउन आउने जो कोहिलाई सजिलो हुने बताइएको छ । धारा निर्माण हुन नसक्दा कुन्डबाट शरिरमा पानी राख्न असहज भएको बिरामीले बताएका छन् । महिला र पुरुषका लागि छुट्टाछुट्टै समय र स्थान नभएका कारण महिलालाई समस्या भएको छ । यस बाहेक शौलालय, होटल तथा सञ्चारको सुविधा आवश्यक रहेको स्थानीय बताउँछन । तातोपानी नुहानकै लागि आउनेहरु एक दुई रात गुफामा बसेर रात कटाउने गरेका छन । यहाँ पुर्वाधार बनाउन र प्रचारप्रसार गर्न स्थनीय सरकारले कुनै चासो नदेखाएको स्थानिय कालिबहादुर बमको गुनासो छ ।

तातोपानी सम्म पुग्ने सडक समेत नहुँदा आउजाउ गर्न समस्या भएको छ । यस क्षेत्रलाई ब्यवस्थित गर्न सके आन्तरिक र बाह्य पर्यटकलाई थप आकर्षि गर्न सकिने हुँदा सोरु गाउँ पालिकाकै आम्दानी मा समेत बृद्वि हुने स्थानीयको विश्वास छ ।