काठमाडाैं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इण्डिज विरूद्धको खेलमा नेपालले खराब शुरूवात गरेको छ।
सातौं ओभरसम्म नेपालले चार विकेट गुमाएको हाे। नेपालले पछिल्लो विकेट आरिफ शेखको गुमाएको छ। आरिफलाई जेसन होल्डरले म्याथ्यू फोर्डबाट क्याच आउट गराए। आरिफले २ रनमात्रै बनाएका हुन् । कप्तान र दुवै ओपनर नेपालले पावरप्लेमै गुमाएको थियो।
भारतकाे मुम्बईको वानखेडेमा आइतबार जारी खेलमा नेपालले पहिलो ओभरमै विकेट गुमाएको छ। ओपनर कुशल भूर्तेल पहिलो ओभरको अन्तिम बलमा एक रन बनाएर आउट भएका थिए। त्यसपछि आएका कप्तान रोहित पौडेल चौथो ओभरको पहिलो बलमा आउट भएका हुन्। आठौं ओभर चलिरहँदा नेपालले २६ रन बनाएको छ।






प्रतिक्रिया दिनुहोस्