Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


आईसीसी टी-२० विश्वकपमा आयरल्याण्ड विजयी

नेपालले आज वेस्ट इन्डिजसँग समना गर्दै

507
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आयरल्याण्डले ओमानलाई ९६ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

श्रीलङ्काको कोलम्बोमा शनिबार भएको खेलमा आयरल्याण्डले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको ओमान १८ ओभरमा एक सय ३९ रन बनाउँदा अलआउट भएको हो । ओमानका आमिर कलीमले ५० र हमाद मिर्जाले ४६ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । आयरल्याण्डका जोश लिटिलले ३ विकेट लिएका थिए । त्यसअघि श्रीलङ्काको कोलम्बोमा टस हारेर ब्याटिङ गरेको आयरल्याण्डले ५ विकेट गुमाएर २ सय ३५ बनायो ।

आयरल्याण्डका कप्तान लोर्कन टकरले अविजित ९४ रन र ग्यारेथ डेलानीले ५६ रन बनाए । ओमानका शकील अहमदले ३ विकेट लिए । यो जितसँगै आयरल्यान्डले २ अङ्क जोडेको छ । नेपालले आफ्नो तेस्रो खेल आइतबार बिहान सवा ११ बजेदेखि वेस्ट इन्डिजसँग खेल्ने भएको हो । यसअघि नेपाल इंग्ल्यान्डसँग ४ रन र इटालीसँग १० विकेटले पराजित भएको थियो ।

नेपालले समूह चरणको आफ्नो अन्तिम खेल मंगलबार स्कटल्याण्डसँग खेल्ने भएको छ । यसअघि शुक्रबार भएका खेलमा अमेरिका, युएई र जिम्बाब्वे विजयी भएका छन् । अमेरिकाले नेदरल्यान्ड्सलाई ९३ रनले, यूएईले क्यानडालाई ५ विकेटले र जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले पराजित भएका थिए ।