Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


सिन्धुलीको खनियाँखर्कमा करेन्ट लागेर एक जनाको मृत्यु


78
Shares

बुद्ध नेपाली, सिन्धुली ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ खनियाखर्कमा बिजुलीको पोलमा इन्टरनेटको काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको तिनपाटन गाउँपालिका–३ कदमे स्थायी घर भई हाल डुग्रेवास बस्दै आएका ४२ वर्षीय रामलाल श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्य प्रकास सुवेदीका अनुसार खनियाखर्क क्षेत्रमा विजुलीको पोलमा काम गर्ने क्रममा अचानक करेन्ट लागेर श्रेष्ठको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको चिकित्सकले पुष्टि गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।