काठमाडाैं ।
ललितपुरको कोञ्जोसोम गाउँपालिका–१ बाउनडाँडामा शुक्रबार राति ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ।
प्रदेश–०१–००४ क६२२८ नम्बरको ट्रक दुर्घटनामा चालक र सहचालकसहित चारजनाको ज्यान गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार मृत्यु हुनेमा गोदावरी नगरपालिकाका गणेश खड्का, सोही ठाउँका गणेश थापा र बूढानीलकण्ठ नगरपालिकाका ज्योती कार्की रहेका छन्। अर्का एकजनाको पहिचान खुल्न बाँकी छ।
प्रहरीका अनुसार दुईजनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार ट्रकमा सवार चारैजनाको ज्यान गएको हो।






प्रतिक्रिया दिनुहोस्