Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


आईसीसी पुरूष टी-२० विश्वकप क्रिकेटमा यूएई विजयी

क्यानाडा भने ५ विकेटले पराजित

0
Shares

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को समूह चरणको खेलमा संयुक्त अरब एमिरेट्सत (यूएई)ले क्यानाडा लाई ५ विकेटले पराजित गरेको छ।

भारतकाे अरुण जेटली स्टेडियममा शुक्रबार साँझ सकिएकाे खेलमा  यूएईले १ सय ५१ रनको लक्ष्य दुई बल अगाडि नै पूरा गरेको हो । क्यानाडाले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमाा १ सय ५० रन बनायो। हर्ष थाकर ले अर्धशतकसहित सबै भन्दा बढी रन बनाएएका थिए। जवाफमा यूएईले लक्ष्य पछ्याउँदा शुरूमै विकेट गुमाए पनि आर्यनश शर्माले ७४ रन र सोहैब खान ले ५१ रन बनाएर महत्वपूर्ण साझेदारी गरेका हुन्। यी दुईको ८४ रनको साझेदारीले यूएईलाई जिततर्फ धकेल्यो।

यूएईका लागि जुनैद सिद्दीकले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै ३५ रन दिएर ५ विकेट झारेका थिए । जसले क्यानाडाको शीर्ष ब्याटिङलाई दबाबमा पारेको थियो। याे जितसँगै यूएईले आफ्नो समूह चरणको प्रदर्शनलाई मजबुत बनाएको छ । अर्कातिर क्यानाडाका लागि यो निराशाजनक परिणाम बन्न पुग्याे ।