काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकका विभिन्न जिल्लाहरूको स्थलगत भ्रमण र निरीक्षणपश्चात निर्वाचनको वातावरण उत्साहजनक र शान्तिपूर्ण रहेको बताउनुभएकाे छ।
मोरङ र सुनसरीसहित पूर्वी तराई र पहाडी जिल्लाहरूको भ्रमणपछि शुक्रबार प्रधानमन्त्री कार्कीले तराईमा सुरक्षा संवेदनशीलता र पहाडमा भौगोलिक विकटता मुख्य चुनौतीका रूपमा रहेको उल्लेख गर्नुभएकाे हाे । नाम्चे र सल्लेरी जस्ता हिमाली तथा पहाडी क्षेत्रमा सुरक्षा निकाय-तथा जनप्रतिनिधिहरूसँग गरिएको छलफलले निर्वाचनका लागि वातावरण अनुकूल रहेको पुष्टि गरेको उहाँको भनाइ छ । तराईका केही स्थानमा जनसंख्याको चापका कारण सामान्य हुलदङ्गा र बुथ कब्जा हुनसक्ने सम्भावना रहे पनि समग्रमा सुरक्षा स्थिति नियन्त्रणमै रहेको उहाँकाे जिकिर थियाे ।
प्रधानमन्त्री कार्कीले पहाडमा भने ढुवानी र निरीक्षणमा भौगोलिक कठिनाइ भएता पनि शान्तिपूर्ण वातावरण देखिएको बताउनुभएकाे छ। निर्वाचन आयोग र गृह मन्त्रालयले मौसमविद्हरूसँग नियमित समन्वय गरिरहेको र फागुनको तेस्रो हप्तासम्म मौसम अनुकूल रहने प्रक्षेपण गरिएकाले हिमपातको जोखिम कम रहेको उहँकाे दावी थियाे ।






प्रतिक्रिया दिनुहोस्