Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


मतपत्र छपाइकाे काम अन्तिम चरणमा पुग्याे

आइतबारसम्म सबै मतपत्र छपाइकाे काम सम्पन्न हुने

156
Shares

काठमाडाैं । यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि मतपत्र छपाइकाे काम अन्तिम चरणमा पुगेको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले प्रतिनिधिसभा सदस्य चुनावका लागि मतपत्र छपाइ गरिरहेको हाे । केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले दैनिक १२ देखि १५ लाख मतपत्र छपाइ भइरहेको बताउनुभयाे । उहाँले आइतबारसम्म सबै मतपत्र छपाइकाे काम सम्पन्न हुने जानकारी दिनुभएकाे छ । कूल २ करोड ३ लाख मतपत्र छपाइ गर्नुपर्नेमा १ करोड ७३ लाख मतपत्र छपाइ सम्पन्न भइसकेको हाे ।

आइतबारसम्म बाँकी ३० लाख मतपत्र छपाइ हुने निर्देशक पौडेलले बताउनुभयो । उहाँले छपाइ सकिएका जिल्लाका लागि नेपाली सेनामार्फत मतपत्र ढुवानी शुरू भएको समेत बताउनुभएकाे छ । ५८ जिल्लाका १ सय २४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएर पनि बिहीबारदेखि ढुवानी भएकाे निर्वाचन आयाेगले जनाएकाे हाे ।