Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल


78
Shares

काठमाडाैं । अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र सही ढंगले सञ्चालन हुन सही सूचना समयमै प्रवाह हुन अत्यावश्यक रहेको बताउनुभएको छ ।

काठमाडाैंमा शुक्रबार मिडियामा सूचनाको हक प्रयोग सम्बन्धी आयोजित कार्यक्रममा बोल्दै उहाँले सूचना असमान पहुँचका कारण बजारमा ठूलो असन्तुलन देखिएको बताउनुभएको हो । उहाँले सूचनाको हकसम्बन्धी कानूनले मात्र नभई विभिन्न मापदण्ड र कानूनले पनि सूचना प्रवाहलाई सम्बोधन गरेकाे बताउनुभयाे । तर व्यवहारमा सबै पुँजीबजारका लगानीकर्ताले एउटै समयमा समान सूचना नपाउँदा प्रतिस्पर्धा प्रभावित भइरहेको उहाँले बताउनुभएकाे छ । पूँजीबजारमा ‘इन्साइडर ट्रेडिङ’ का कारण केही व्यक्तिले सूचनामाथि एकाधिकार कायम गरिरहेको अर्थमन्त्री खनालले बताउनुभयो ।

धातु बजारमा सुन–चाँदीको मूल्यबारे समयमै सूचना पाउने र ढिलो पाउने व्यवसायीबीच नाफा–नोक्सानीमा ठूलो फरक पर्ने उहाँकाे भनाइ छ । मन्त्री खनालले नेपालका लेखामापदण्डले ठूला कम्पनी तथा अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने घरानाहरूले आफ्नो कारोबार, त्यसको सामाजिक प्रभाव र सार्वजनिक गर्नुपर्ने विवरण स्पष्ट रूपमा तोकेको बताउनुभयो । तर कुनै कम्पनीले आवश्यक सूचना सार्वजनिक गरे/नगरेको विषयमा पत्रकारहरूले गम्भीर अनुगमन नगरेको उहाँको टिप्पणी छ।