Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


निर्वाचनमा भोट दिनुअघि हजारौं पटक सोच्न मतदातालाई अध्यक्ष लिङ्देनकाे आग्रह


104
Shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भोट दिनुअघि हजारौं पटक सोच्न मतदातालाई आग्रह गर्नुभएको छ ।

श्रीवैष्णव युवा परिषद् नेपालको चौथो राष्ट्रिय महाधिवेशनलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो आग्रह गर्नुभएको हो । नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउने निर्णयमा नेता र दलहरुको मात्र नभई मतदाताको समेत दोष रहेको उहाँको भनाइ छ । उहाँले मतदान कन्यादान भन्दा समेत ठूलो कुरा भएको उल्लेख गर्दै सचेत भई राष्ट्र र समाजलाई चाहिने नेतालाई मात्र मतदान गर्न आग्रह गर्नुभयो । मत एउटा गलत गलत व्यक्ति-गलत पार्टीलाई पर्‍यो भने सिंगो समाज र देशले दुःख पाउने उहाँको दावी छ ।

राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डालाई अघि सार्दै प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुँदैछ ।