Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


सुनचाँदीको मूल्य आज पनि घट्याे


1.8k
Shares

काठमाडाैं । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ।

बिहीबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको मूल्य शुक्रबार तोलामा तीन हजार रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला तीन लाख तीन हजार पाँच सय रूपैयाँ पुगेको जनाएकाे छ। बिहीबार सुन प्रतितोला तीन लाख ६ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य फनि घटेको छ । बिहीबार तोलामा पाँच हजार तीन सय ४० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पाँच हजार रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे हाे। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय ४० रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस चार हजार नौ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।