सागर न्यौपाने, स्याङ्जा ।
सिंगो देशसंगै स्याङ्जामा पनि निर्वाचनको माहोल तात्दै गएको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जाको क्षेत्र नम्बर १ लाई विशेष चासोको रुपमा हेरिएको छ ।
कुनै समय एउटै सपनाबाट जन्मिएको मुक्तिनाथ विकास बैंकको एउटै नेतृत्व टीममा रहेका मीनप्रसाद गुरुङ र भरत ढकाल यति बेला एक अर्का विरुद्ध चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । कुनै बेला एउटै टेबलमा बसेर रणनीति बनाउने गुरुङ र ढकाल अहिले भने चुनावका लागि आम्नेसाम्ने छन् । मुक्तिनाथ बैंक स्थापनादेखि नेतृत्वसम्म सहयात्रा गरेका यी दुई पूर्वबैंकर राजनीतिक मैदानमा प्रतिद्वन्द्वी बनेपछि स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ लाई चासोका साथ हेरिएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गुरुङ नेकपा एमाले र ढकाल नेपाली काँग्रेसबाट उम्मेदवार बनेका छन् । २०७९ को निर्वाचनमा स्याङ्जनाका दुईवटै निर्वाचन क्षेत्र नेपाली कांग्रेसले जितेको थियो । यस पटक भने यसै भन्न नसकिने स्थिति नरहेको विश्लेषकहरुको भनाइ छ ।
स्याङ्जा–१ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गुरुङले ढकालसँगको प्रतिस्पर्धालाई अनपेक्षित भन्दै तर स्वस्थ र सौहार्द प्रतिस्पर्धा गर्ने बताउनुभयो ।






प्रतिक्रिया दिनुहोस्