Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


बंगलादेश निर्वाचनमा झडप, बिएनपी नेताको मृत्यु


1.2k
Shares

काठमाडौं ।

बंगलादेशमा बिहीबार भइरहेको आम निर्वाचनका क्रममा दुई समूहबीच झडप हुँदा बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का नेता मोहिबुज्जमान कोचीको मृत्यु भएको छ।

खुलना सदरस्थित आलिया मदरसा मतदान केन्द्रमा भएको झडपपछि कोचीको स्वास्थ्य अवस्था बिग्रिएको र अस्पताल लैजाँदा मृत घोषणा गरिएको बीबीसीले जनाएको छ। उनी खुलना मेट्रोपोलिटन बिएनपीका पूर्वसचिव थिए।

प्रहरीका अनुसार बिहान दुवै पक्षबीच विवाद भएको थियो। बिएनपी पक्षले धक्का–मुक्काका क्रममा कोची रूखमा ठोक्किएको दाबी गरेको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

देशभर ४२ हजार ७७९ मतदान केन्द्रमा मतदान जारी रहेको छ। १२ करोड ७७ लाख मतदाता रहेको यस निर्वाचनसँगै जुलाई नेसनल चार्टरसम्बन्धी जनमत संग्रह पनि भइरहेको छ।