Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


शेयर बजारमा सामान्य अंकको वृद्धि


26
Shares

काठमाडौं ।
साताको अन्तिम कारोबार दिन शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । गत आइतबारदेखि बुधबारसम्मै घटेको बजार परिसूचक आज भने झण्डै ९ अंकले बढ्दै २६ सय ७१ को विन्दुमा पुगेको छ ।

नेप्सेसंगै कारोबार रकम पनि बढेको छ । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये आज पाँच वटा उपसमूह घटेका छन् भने आठ वटा उपसमूह बढेका छन् ।

१३९ वटा कम्पनीको शेयर मूल्य बढ्दा ११५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज रसुवागढी हाइड्रो र मध्यभोटेकोशी हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताहरुले सवैभन्दा धेरै ७ दशमलव ५९ प्रतिशत गुमाएका छन् ।

दिनभरमा ३३७ वटा स्टकको २ करोड ७७ लाख ८० हजार कित्ता शेयर ११ अर्ब १० करोड २५ लाख ५० हजार रुपैयाँ बढीको शेयर कारोबार भएको छ । कारोबार रकमका आधारमा आज ङादी पावर ग्रूपको सर्वाधिक ७० करोड ५३ लाख २९ हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ ।