काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन असाधारण निर्वाचन भएकाले यसलाई सामान्य तरिकाले बुझ्न नहुने बताउनुभएको छ ।
बिहीबार बागलुङको बुर्तीबाङमा नेता कार्यकर्तासँगको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै ‘प्रचण्ड’ले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो , ‘यो निर्वाचन एउटा निर्वाचन हो, आउँछ जान्छ भन्ने रूपमा हेर्न हुने निर्वाचन होइन । यो एउटा असाधारण निर्वाचन हो । यो निर्वाचनमा लडाइँ केही उम्मेदवारको प्रतिस्पर्धाको रूपमा हुँदै छैन।’
२४ गते यो देशलाई विध्वंस गर्ने तत्व, प्रवृत्ति र यसलाई मलजल गर्ने विदेशी तागतहरूविरुद्ध देश एकताबद्ध हुनुपर्ने उनले उल्लेख गर्नुभयो । सबैखाले अतिवाद विध्वंसकारीहरूविरुद्ध राष्ट्रिय एकता गर्नुपर्छ माधव नेपाल र आफूले एकताको थालनी गरेको उल्लेख गर्नुभयो ।






प्रतिक्रिया दिनुहोस्