काठमाडाैं । कपिलवस्तुमा बिहीबार गुडिरहेको बसमा आगलागी भएको छ ।
हुलाकी सडक खण्डअन्तर्गत तौलिहवा–भैरहवा सडकस्थित शुद्धोदन गाउँपालिका–६ टिटिहिरियामा बिहीबार बिहान काठमाडौंबाट सुर्खेत जाँदै गरेको ना ७ ख ६०४८ नम्बरको बस आगलागी भएको प्रहरीले बताएकाे हाे । बस जलेर नष्ट भएको प्रहरीले बताएकाे छ । बसमा सवार ४४ जना यात्रु भने सकुशल रहेका छन् । गुडिरहेको बसको बायाँ चक्कामा अचानक आगलागी शुरु भएको थियो । यसपछि बस सडक छेउमा रोकिएर पछि यात्रु ओर्लिएका थिए ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले स्थानीय, प्रहरी र कपिलवस्तु नगरपालिकाबाट गएको दमकलले आगो निभाउन प्रयास गरे पनि बस आधा घण्टामै पूर्ण रूपमा जलेर नष्ट भएको जनाएकाे छ । साेही घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले बताएकाे हाे।
आगलागीको कारण भने अझै खुल्न नसकेको र घटनाकाे बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।






प्रतिक्रिया दिनुहोस्