Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


त्रिभुवन विमानस्थल आसपासका क्षेत्रमा निषेधाज्ञा (विज्ञप्तिसहित)


1.5k
Shares

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आपसास क्षेत्रमा एक महिनासम्म निषेधाज्ञा जारी गरिएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै विमानस्थल आसपास एक महिनासम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको जानकारी दिनुभएकाे हाे । प्रजिअ पौडेलले बिहीबार नै २ टा विज्ञप्ति जारी गरी विमानस्थल आसपास हुने भनिएको कार्यक्रमकाे बारेमा काठमाडौं प्रशासनको ध्यानाकर्षण भएको जानकारी गराउनुभएकाे छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकादनेताहरू र मेडिकल व्यवसायी दुर्गा प्रसाईं लगायतले पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं फर्कंदा त्रिभुवन विमानस्थलमा शुक्रबार स्वागत गर्ने भन्दै आह्वान गरेका थिए। सोही विषयमा ध्यानाकर्षण जनाउँदै प्रजिअ पौडेलले सरकारका सम्बद्ध निकायहरु निर्वाचनतर्फ परिचालित भएको स्थितिमा आगामी फागुन १ गते विमानस्थल र आसपासको क्षेत्रमा केही प्रदर्शन, भेलाजम्मा र ऱ्याली जस्ता गतिविधि गर्ने भनेर केही समूह तथा राजनीतिक दलबाट विज्ञप्ति र सामाजिक सञ्जालमा सूचना जारी भएको पाइएको बताउनुभएकाे छ।

साेही विषयकाे बारेमा काठमाडौं प्रशासनमा कसैबाट पनि जानकारी गराउने वा पूर्वस्वीकृति लिने काम भने नभएको पनि उहाँले बताउनुभयाे।