काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाकाे १ सय १७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको छ ।
निर्वाचन आयोगले अहिलेसम्म १ करोड ५३ लाख भन्दा बढी मतपत्र छपाइ सकिएको जनाएकाे हाे। बुधबार मात्रै ६ जिल्लाको मतपत्र छपाइ सकिएको निर्वाचन आयोगका सह–प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । प्रत्यक्षतर्फको चुनावका लागि २ करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्ने भएकाे छ । दैनिक अहिले १५ लाखसम्म मतपत्र छपाइ भइरहेको आयोगले जनाएको हाे।
बिहीबारसम्म सबै मतपत्र छपाइकाे काम सकेर जिल्लामा पठाउने आयोगको तयारी छ । अहिलेसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ र सङ्खुवासभाको मतपत्र छपाइ भएको छ ।
त्यस्तै, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, नवलपरासी बर्दघाट सुस्ता पश्चिम, मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ, बाँके, नवलपरासी बर्दघाट सुस्ता पूर्व, पाल्पा, अर्घाखाँची, प्युठान, रुपन्देही र रोल्पा गरी ५३ जिल्लाको मतपत्र छपाइ सकिएको आयाेगले जनाएकाे हाे ।






प्रतिक्रिया दिनुहोस्