काठमाडाैं । धरानमा जारी २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा प्लानिङ ब्वाइज फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।
धरान रङ्गशालामा बुधबार भएको खेलमा लालीगुराँस एशोसिएसन पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलका प्रवेश गरेको हो । खेलको पहिलो समयको छैठाै् मिनेटमा लालीगुराँस फुटबल क्लबका खेलाडी सिकन्दर सिद्धिकीले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको १४औं मिनेटमा प्लानिङ ब्वाइजका खेलाडी विलियम एलेक्सले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।
त्यसपछि दास्रो हापको ४१औँ मिनेटमा प्लानिङ ब्वाइजका खेलाडी प्रतापसिंह राईले थप गोल गर्दै जित सुनिश्चित गरेका थिए । खेलको ‘म्यान अफ दी म्याच’ प्लानिङ ब्वाइजका प्रतापसिंह राई घोषित भएका छन्। प्रतियोगिता अन्तर्गत बिहीबार झापा–११ र चर्च ब्वाइज युनाइटेडबीच खेल हुने भएकाे छ । यहि माघ २२ गतेदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल भने शनिबार हुने भएकाे हाे ।






प्रतिक्रिया दिनुहोस्