११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रौनियारविरुद्ध पक्राउ पूर्जी जारी


0
Shares

गौर, असोज ९ । जिल्ला अदालत रौतहटले पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रौनियारविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

ठूला आयोजना निर्माणमा लापरवाही गरेको भन्दै जिल्ला अदालत रौतहटले रौनियारविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । कन्स्ट्रक्सनले विभिन्न आयोजनाको ठेक्का लिने तर काम समयमा पूरा नगर्ने र पूरा गरे पनि कमसल बनाउने गरेको आरोप लागेको थियो ।

उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । गौर नगरपालिका–४ स्थित टिकुलीया घाटमा गत भदौ ८ गतेको डुंगा दुर्घटनाका पीडितहरूको किटानी जाहेरीपछि निर्माणको काम समयमा नसकेको भन्दै निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियारलाई पक्राउ पुर्जी जारी गरिएको हो ।