काठमाडाैं । नेपाली काँग्रेसका सांसद कृष्णबहादुर रोकायले प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मुलुकको शान्ति–सुरक्षा अवस्थाबारे गम्भीर प्रश्न उठ्न थालेको बताउनुभएको छ ।
बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा शुन्य समयमा बोल्दै उहाँले वीरगञ्जमा प्रहरीमाथि भएको आक्रमणले निर्वाचनको लागि सुरक्षा चुनौती बढाएको बताउनुभएको हो । नेपाली काँग्रेसको राष्ट्रिय सभाको प्रमुख सचेतक समेत रहुनुभएका रोकायले प्रतिनिधि सभा निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ कि हुँदैन भन्नेबारे आम नागरिकमा चासो र चिन्ता बढिरहेको बताउनुभयो ।
उहाँकाअनुसार निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न सुरक्षा चुनौतीका घटनाहरू सार्वजनिक भइरहेका छन् । माघ २७ गते पर्साको वीरगञ्जस्थित आर्दशनगरमा अवैध रूपमा तस्करी गरी ल्याइएको सामान बरामद गर्न पुगेको सशस्त्र प्रहरी टोलीमाथि आक्रमण भएको घटना गम्भिर भएको उहाँको भनाई छ ।
प्रहरीमाथि भएको आक्रमण कानूनी शासनमाथिको गम्भीर चुनौतीका रूपमा देखा परेको उहाँले बताउनु भयो । कानून कार्यान्वयन गर्ने निकाय नै असुरक्षित हुने अवस्था आए सर्वसाधारण नागरिकको सुरक्षा झन् कमजोर हुने खतरा बढ्ने उहाँको भनाई । माघ २६ गते सिराहा कारागारमा गरिएको सुरक्षा अनुगमन तथा खोजतलासका क्रममा कारागारभित्रै हतियार, एक लाख रुपैयाँ नगद तथा प्रतिबन्धित सामग्री फेला परेको उहाँले बताउनु भयो । कारागारजस्तो उच्च सुरक्षा संवेदनशील स्थानमै हतियार र नगद फेला पर्नुले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभको निर्वाचन निष्पक्ष, शान्तिपुण र भयरहित वातावरणमा सम्पन्न हुन्छ, कि हुँदैन भन्ने आम नागरिकको चासो र चिन्ता रहेको छ । निर्वाचन नजिकिँदै जाँदा दिनप्रतिदिन विभिन्न घटनाहरु भइरहेका छन् । माघ २६ गते सिराहा कारागारको सुरक्षा अनुगमन र खोजीको क्रममा कारागारमा नै हतियार र एक लाख रुपैयाँ नगद र प्रतिबन्धित बस्तु फेला परेको समाचार आएको छ । माघ २७ गते पर्साको वीरगञ्जस्थित आर्दशनगरमा अवैध रुपमा तस्करी गरि ल्याईएको समान बरामद गर्न पुगेको शसस्त्र प्रहरीमाथी नै आक्रमण भएको छ । आक्रमणबाट प्रहरीको सवारीसाधन तोडफोड हुनुको साथै व्यापारिक समूहको कुटपितबाट ३ जना प्रहरी घाईते भएका छन् । उक्त आक्रमण कानूनी शासनमाथी गम्भिर चुनौती हो । सुरक्षाकर्मी माथी नै आक्रमण हुनु सामान्य घटना होइन, कानुन कार्यान्वयन गर्ने निकाय नै असुरक्षित हुने अवस्था आयो भने सर्वसाधारण नागरिक कति सुरक्षित होलान ? यसतर्फ गम्भिर बन्न म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
रोकायले सुरक्षा निकायको मनोबल उच्च राख्दै निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।






प्रतिक्रिया दिनुहोस्