Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


वित्तीय अपराधले विश्वव्यापी अर्थतन्त्र र भावी पुस्तामाथि गम्भीर संकटः गभर्नर पोडेल

सबै क्षेत्रका नियामक निकायले सामूहिक रक्षापंक्तिको रूपमा काम गर्नुपर्नेमा जाेड

78
Shares

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वित्तीय अपराध-सम्पत्ति शुद्धीकरणले विकासोन्मुख देशहरूको बैंकिङ प्रणाली र सामाजिक संरचनामा गम्भीर असर पुर्‍याएको बताउनुभएको छ ।

सम्पत्ति शुद्धिकरण सम्बन्धी एक कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्ताे ताउनुभएको हाे । विश्वव्यापी रूपमा वार्षिक ३ दशमलव ६ बिलियन डलर बराबरको राजश्व नोक्शानी गराउने वित्तीय अपराध र सम्पत्ति शुद्धीकरणले विकासोन्मुख देशहरूको बैंकिङ प्रणाली र सामाजिक संरचनामा गम्भीर असर पुर्‍याएको बताउनुभयाे। उहाँले वित्तीय अपराधको आर्थिक प्रभावभन्दा मानवीय मूल्य अझ बढी भयावह भएकाे बताउनुभएकाे छ । यसले सामाजिक–आर्थिक खाडललाई गहिरो बनाउने मात्र नभई युवा र बालबालिकालाई आपराधिक सञ्जालमा प्रयोग गर्ने जोखिम बढाएको उहाँकाे तर्क थियाे ।

गभर्नर पोडेले नवीन सोच र सिर्जनशीलतामा लाग्नुपर्ने युवा पुस्तालाई अपराधको माध्यम बनाइनु सबै भन्दा खतरनाक परिणाम भएको उहाँकाे भनाइ छ । सीमाना विहीन वित्तीय अपराधले कानूनी छिद्र र प्रविधिगत कमजोरीको फाइदा उठाउँदै तीब्र गतिमा रकम ओसारपसार गर्ने गरेको उहाँले बताउनुभयो । यसलाई रोक्न प्रतिक्रियात्मक भन्दा पनि निरोधात्मक सुपरीवेक्षण आवश्यक रहेको र वित्तीय समावेशीकरणलाई असर नपर्ने गरी जोखिममा आधारित सुपरीवेक्षण प्रणाली लागू गर्नुपर्नेमा उहाँले जोड दिनुभएकाे छ ।

गभर्नर पौैडेलले बैंकिङ, बीमा, धितोपत्र र सहकारी जस्ता सबै क्षेत्रका नियामक निकायहरूले सामूहिक रक्षापंक्तिको रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । आजको जोखिम टार्ने मात्र नभई भोलिको अनिश्चितता सामना गर्नसक्ने प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिनुभएकाे छ ।