Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


१ लाख ४९ हजार निर्वाचन प्रहरी आजदेखि फिल्डमा खटिंदै


130
Shares

काठमाडाैं । आगामी फागुन २१ गतेको निर्वाचनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ बुधबारदेखि फिल्डमा खटिने भएका छन् ।

भर्ना तथा छनोटपछि १० दिने तालिम पूरा गरेका १ लाख ४९ हजार ‘निर्वाचन प्रहरी’ अर्थात म्यादी प्रहरी अब नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा टोलीसँगै खटिन लागेका हुन् । नेपाल प्रहरीले १ लाख ३३ हजार ९ सय ८० र सशस्त्रले १५ हजार १ सय १० निर्वाचन प्रहरीलाई गत माघ १८ गते नियुक्तिपत्र दिएको थियो । उनीहरूले सम्बन्धित जिल्ला प्रहरी कार्यालय र गुल्महरूमा तालिम लिएका थिए । नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले तालिम पूरा भएका उनीहरुलाई चुनावी सुरक्षार्थ खटाउन लागिएको बताउनुभयाे ।

प्रतिनिधि सभा सदस्य चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न बनाउन एकीकृत सुरक्षा योजना–२०८२ अनुसार यसअघि माघ २१ गतेदेखि नेपाली सेना परिचालन भइसकेको छ । नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा गर्ने भएका छन् । दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिने भएकाे हाे।

सेनाले भने सुरक्षा घेराको बाहिरी तहमा रहेर सुरक्षाको जिम्मेवारी सम्हाल्ने भएकाे छ ।