काठमाडौं । २५औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलमा बुधबार जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएकाे छ।
पोखरा रङ्गशालामा बुधबार दिउँसाे हुने खेलमा दुवै टोली जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रिने भएका हुन् । मंगलबारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लबले पाहुना टोली गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङलाई १–० गाेलले पराजित गरेकाे थियाे ।
प्रतियोगितामा ३ विदेशीसहित १२ टिम सहभागी भएका छन् । जसमा आयोजक सहारा र गोरखा इन्टरनेशलसहित नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मर्स्याङ्दी क्लब, जावलाखेल युथ क्लब, प्लानिङ ब्वाइज युनाइटेड र फ्रेण्ड्स क्लब रहेका छन् ।
त्यसैगरी, विदेशी टोलीका रूपमा उज्वेकिस्तानको आभा फुटबल क्लब, भारतको थण्डरबोल्ट नर्थ युनाइटेड सहभागी भएका हुन् । आगामी फागुन ९ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेता टोलीले १४ लाख १ हजार र उपविजेताले ७ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने आयाेजकले जनाएकाे छ ।





प्रतिक्रिया दिनुहोस्