Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


पूर्वी प्रशान्तमा क्षेत्रमा अमेरिकी सेनाको आक्रमण

आक्रमणमा परी २० जनाको ज्यान गयाे

1.2k
Shares

एजेन्सी । पूर्वी प्रशान्त महासागरमा लागूऔषध ओसारपसारमा संलग्न रहेको आशंका गरिएको एक डुङ्गामाथि अमेरिकी सेनाले गरेको आक्रमणमा दुई जनाको मृत्यु भएको छ ।

अमेरिकी दक्षिणी कमान्डका अनुसार सोमबार पूर्वी प्रशान्त क्षेत्रमा लागूऔषध तस्करीमा संलग्न रहेको भनिएको एक डुङ्गामाथि सेनाले कारबाही गरेको हो । सोही कारबाहीमा दुई ‘नार्को–आतङ्ककारी’ मारिएको र एक जना जीवितै फेला परेको अमेरिकी सेनाले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिएको छ । उक्त डुङ्गा सूचीकृत आतङ्ककारी सङ्गठनहरूद्वारा सञ्चालित रहेको र लागूऔषध कारोबारमा प्रयोग भइरहेको कमान्डको दावी छ ।

गत सेप्टेम्बर महिनाको शुरुदेखि यता क्यारिबियन र पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाले शंकास्पद लागूऔषध तस्करीका डुङ्गाहरूमाथि करिब ३७ वटा हवाई तथा समुन्द्री आक्रमण गरिसकेको छ । यी शृङ्खलावद्ध आक्रमणहरूमा अहिलेसम्म १ सय २० जनाको मृत्यु भइसकेको छ ।