Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


नेपाली सेनाले नवौं पाकिस्तान आर्मी स्पिरिटमा स्वर्ण पदक जित्याे


221
Shares

काठमाडाैं । नेपाली सेनाले पाकिस्तानमा आयोजित नवौं पाकिस्तान आर्मी स्पिरिट प्रतियोगितामा स्वर्ण पदक जितेको छ ।

यहि माघ २२ गतेदेखि २४ गतेसम्म पाकिस्तानको पञ्जाब प्रान्तको खरियाँमा भएको ‘नेशनल काउन्टर टुरिजम सेन्टर’ मा आयोजित प्रतियोगितामा सेनाले सर्वोत्कृष्ट अंकसहित स्वर्ण पदक जितेको हो । प्रतियोगितामा पाकिस्तानसहित १७ देशका ३८ सैनिक टोली सहभागी थिए । अभ्यासमा टोलीहरूको शारीरिक सहिष्णुता, मानसिक दृढता, पेसागत ज्ञान र रण कौशल लगायतका क्षमताको परीक्षण भएको थियो ।

सन् २०१६ देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रियस्तरको साेही प्रतियोगितामा सेनाले यसअघि सन् २०२२ र सन् २०२५ मा पनि स्वर्ण पदक जितेकाे थियो । यस पटक पनि सेनाले स्वर्ण पदक जितेकाे छ ।