Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


इलामका ५५ वटा मतदान स्थल अति संवेदनशील सूचीमा


78
Shares

इलाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनालाई लक्षित गरी इलामका ५५ वटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ ।

जिल्लाको सुरक्षा अवस्थाको समग्र मुल्याङ्कन गर्दै जिल्ला सुरक्षा समितिले ५५ वटा मतदान स्थललाई उच्च जोखिमयुक्त ठहर गरेको हो ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुलदिप चन्दले जिल्लामा एक सय ५० मतदान स्थलमध्ये ५५ वटा अति संवेदनशील, ४८ वटा संवेदनशील र ४७ वटा सामान्य वर्गमा राखिएको जानकारी दिनुभयो ।

इलामका दुई क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २७ जना उम्मेद्वार चुनावी मैदानमा छन् ।