काठमाडाैं ।
अमेरिकाकाे न्यूयोर्क शहरमा अत्यधिक चिसो मौसम लम्बिंदा कम्तिमा १८ जनाको मृत्यु भएको छ ।
न्युयोर्क शहरमा मेयर जोहरान मम्दानीका अनुसार जनवरीको अन्त्यदेखि चलेको अत्यधिक चिसोले कम्तीमा १८ जनाको ज्यान लिएको हो ।
लगातार १३ दिन शहरको तापक्रम शुन्य डिग्री सेल्सियस वा सोभन्दा कम मापन गरिएको थियो । न्यूयोर्क शहरले पछिल्लो ६ दशकमा देखेको यो सबैभन्दा लामो समयको शून्यभन्दा कम मौसमको अवधि मध्ये एक हो ।
मेयर मम्दानीका अनुसार मृत्यु भएका मध्ये कम्तिमा १० जना घरबाहिर फेला परेका थिए । विपन्न सर्वसाधारणलाई चिसोबाट जोगाउन आश्रयस्थलहरु थपिएको मम्दानीले बताउनुभएको छ ।





प्रतिक्रिया दिनुहोस्