Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


नेपाली बजारमा आज पनि सुनको मूल्य बढ्याे


1.5k
Shares


काठमाडाैं ।
नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ।

सोमबार प्रतितोला चार हजार एक सय रूपैयाँ बढेको सुनको मूल्य मंगलबार तोलामा नौ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला तीन लाख पाँच हजार पाँच सय रूपैयाँ पुगेको जनाएकाे छ।सोमबार सुन प्रतितोला तीन लाख चार सय ६ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ। सोमबार तोलामा पाँच हजार दुई सय ५० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पाँच हजार दुई सय ४० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस पाँच हजार ३२ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।