काठमाडाैं । झापामा एक उद्योगमा सोमबार राति विद्युत चुहावट (करेन्ट) लागेर एक जना मजदुरको मृत्यु भएको छ ।
बिर्तामोड नगरपालिका–२ चारपानेस्थित ओमकार रेडिमेड कङ्क्रिटमा काम गर्ने शिवसताक्षी नगरपालिका–४ का २८ वर्षीय राजीव राजवंशीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे हाे । उद्योगको मिक्चर मेसिन सफा गर्ने क्रममा मिक्चर मेसिनमा हिल्टी हान्दा ‘करेन्ट सर्ट’ भएर करेन्ट लाग्दा राजीव गम्भीर घाइते भएका थिए ।
बिर्तामोड नगरपालिका–२ चारपानेस्थित लाई उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोड पुर्याइएकामा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले बताएकाे हाे। साेही घटनाकाे बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।





प्रतिक्रिया दिनुहोस्