Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


आईसीसी टी-२० विश्वकप क्रिकेटमा आज ३ खेल हुँदै

अन्तिम खेलमा पाकिस्तानले अमेरिकासँग सामना गर्दै

1k
Shares

काठमाडाैं । आईसीसी टी-२० विश्वकप  क्रिकेट अन्तर्गत मंगलबार ३ वटा खेल हुने भएका छन्।

समूह ‘ए’का दुई र समूह ‘डी’को एक गरेर मंगलबार ३ वटा खेल हुन लागेका हुन्। पहिलो खेल मंगलबार बिहान सवा ११ बजेदेखि नेदरल्यान्डस र नामिबियाबीच प्रतिस्पर्धा हुने भएकाे छ। प्रतियोगितामा नामिबिया पहिलो खेल खेल्दैछ भने नेदरल्यान्ड्स पहिलो खेलमा पराजित भएको टिम हो। पहिलो खेलमा नेदरल्यान्डस पाकिस्तानसँग तीन विकेटले पराजित भएको थियो।

दोस्रो खेलमा न्युजिल्यान्डले यूएईसँग सामना गर्ने भएकाे छ। साेही खेल मंगलबार दिउँसो सवा ३ बजेरदेखि शुरु हुने भएकाे हाे न्युजिल्यान्ड पहिलो खेलमा विजयी भएको टिम हो भने यूएई पहिलो खेल खेल्दैछ। न्युजिल्यान्डले पहिलो खेलमा अफगानिस्तानमाथि पाँच विकेटको जित निकालेको छ। मंगलबारको अन्तिम खेलमा पाकिस्तानले र अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएकाे हाे । यो खेल मंगलबार साँझ सवा ७ बजेरदेखि शुरु हुने भएकाे छ। प्रतियोगितामा दोस्रो खेल खेल्न लागेका अमेरिका र पाकिस्तान दुवै जित्नुपर्ने दबाबमा रहेका छन्। पहिलो खेलमा भारतसँग २९ रनले पराजित भएको अमेरिका पहिलो जितको खोजीमा छ।

साथै पहिलो खेलमा नेदरल्यान्डसलाई तीन विकेटले पराजित गरेको पाकिस्तान भने अर्को जितको खोजीमा रहेकाे हाे ।