काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
मंगलबार बिहान तराई भू-भागका अधिकांश स्थानहरूमा तथा उपत्यकाहरूमा हुस्सु र कुहिरो लागिरहेकाे हाे । देशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बादल लागेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
त्यस्तै, मंगलबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु र कुहिरो लाग्ने भएकाे हाे। देशको उच्च पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्ने भएकाे छ। साथै बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे। तराई भू-भागमा मुख्यतया सफा रहने भएकाे छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी-हिमाली भू-भागको केही स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।
त्यस्तै, मंगलबार राति भने तराई भू-भागका केही स्थानहरूमा तुँवालो लाग्ने भएकाे छ। देशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे । साथै बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने भएकाे छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे।






प्रतिक्रिया दिनुहोस्