Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


रास्वपा सभापति लामिछानेलाई निर्वाचन आचारसंहिता विपरीत कार्यक्रम नगर्न प्रशासनको आग्रह (सूचनासहित)


468
Shares

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई निर्वाचन आचारसंहिता विपरीत कार्यक्रम नगर्न आग्रह गरेकाे छ।

प्रशासनले सभापति रवि लामिछानेको मंगलबार पश्चिम नवलपरासीमा हुने भनिएको कार्यक्रमलाई चासोका साथ हेरेकाे हाे ।प्रशासनले निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न र नगराउन पनि लामिछानेलाई सचेत गराएको छ । जिल्ला प्रशासन कार्यालयले साेमबार राति एक सूचना जारी गर्दै ‘निर्वाचन आचारसंहिता विपरीत’ का कार्यक्रम नगर्न लामिछानेलाई आग्रह गरेकाे हाे।

पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषनराज भण्डारीले जारी गरेकाे सूचनामा निर्वाचन आचारसंहिता–२०८२ आकर्षित हुने गरी निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न र नगराउन सम्बन्धित सबैमा जानकारी गराएको उल्लेख छ ।

निर्वाचन आचारसंहिता अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनाव प्रयोजनका लागि फागुन ४ देखि १८ गतेसम्म १५ दिन मात्र प्रचारको अवधि तोकिएको छ ।

Skip This