Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


खर्च कटाैती गर्न मधेश सरकारकाे निर्देशन


169
Shares

काठमाडाैं । मधेश प्रदेश सरकारले खर्चलाई कटौती गर्न लिखित रूपमा निर्देशन दिएको छ ।

मधेशको अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०८२/८३ मा हुने सार्वजनिक खर्चमा कटौती गर्न सम्पूर्ण मन्त्रालय, निर्देशनालय तथा मन्त्रालय मातहतका कार्यालय तथा परियोजनालाई अत्यावश्यक बाहेकका खर्च नियन्त्रण गर्न परिपत्र गरेको हो । परिपत्रमा गाडी खरिद, फर्निचर खरिद, कार्यालय सजावट एवम् महँगा सामान खरिद, अनावश्यक गोष्ठी, भ्रमण तथा अतिथि सत्कार जस्ता खर्चमा पूर्णरूपमा कडाइ गर्न निर्देशन छ । जथाभावी बजेटको दुरुपयोग नगर्न तथा बजेटमा सुशासन कायम गर्न तथा सीमित स्रोत साधनलाई प्रभावकारी रूपमा परिचालन गर्न पछिल्लो निर्णय गरिएको पत्रमा उल्लेख गरिएकाे हाे ।

प्रदेश अर्थ मन्त्रालयका उपसचिव जयकुमार राउतकाे हस्ताक्षरित पत्रमा अत्यावश्यक सेवा प्रवाह, विकास निर्माणका चालू आयोजना तथा प्राथमिकता प्राप्त योजनामा कुनै असर नपर्ने गरी खर्च व्यवस्थापन गर्न निर्देशन दिएको छ । आवश्यकता बाहेक गाडीको प्रयोग नगर्न, इन्धन तथा खर्च घटाउन तथा मर्मत–सम्भारमा मितव्ययिता अपनाउन पनि आग्रह गरिएको छ । साथै खर्च कटौतीसम्बन्धी जारी भएको विषयमा खर्चको पालना भएको वा नभएको सम्बन्धमा अनुगमन गरिने सकारले जनाएकाे हाे ।

Skip This