Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


चुनावी माहौल तताउँदै रास्वपा (भिडियाे रिपोर्ट)


195
Shares

काठमडाैं ।
राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ आशा र उत्साहका साथ निर्वाचनमा होमिएको छ । जेनजी आन्दोलनपछिको जनभावनालाई आफूतिर आकर्षित गर्न रास्वपा नेताहरु सक्रिय भएका छन् ।

रास्वपा नेताहरुले देशका विभिन्न स्थानमा मतदाता भेटेर आफ्नो पक्षमा माहोल बनाइरहेका छन् । रास्वपा वरिष्ठ नेता बालेन शाहको देश दौडाहा त्यसकै बलियो उदाहरण हो ।

चुनाव नजिकिंदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु सवैभन्दा बढी दौडधूपमा छन् । पुराना दलहरुले सत्ता र शक्तिमा पटकपटक रजाईँ गरेपनि मुलुकले निकास नपाएको एजेण्डा रास्वपाका लागि सहज एजेण्डा बनेको छ । अघिल्लो निर्वाचनमा पनि रास्वपाले यस्तै एजेण्डा अघि सारेर निर्वाचनमा भाग लिएकोमा सो पार्टीप्रति नसोचेको आकर्षण देखिएको थियो । यस पटक रास्वपा झन हौसिएको अवस्था छ ।

जेनजी आन्दोलनले ल्याएको राजनीतिक उथलपुथलको पृष्ठभूमिमा रास्वपाले भावी प्रधानमन्त्रीमा बालेन शाहलाई अघि सारेर अर्को आकर्षण जोडेको छ । पुराना दल र नेताप्रतिको आक्रोश र वितृष्णालाई आफूतिर आकर्षित गर्न रास्वपा नेताहरु लागिपरेका छन् । बालेन शाहले एक चरण देश दौडाह गरेर निर्वाचन क्षेत्रतर्फ लाग्दै गर्दा पार्टी सभापति रवि लामिछाने पनि देश दौडाहमा निस्किउका छन् ।

फागुन ४ गतेपछि रवि र बालेन सँगै देश दौडाहामा निस्किने तयारीमा छन् । यी दुबैजना देश दौडाहामा हिँडे भने मतदाताको आकर्षण थप बढ्ने विश्लेषण भइरहेको छ । निर्वाचन नजिकिंदै गर्दा पनि पुराना दलका नेताहरुले जेनजी आन्दोलन र त्यसका एजेण्डाको अपनत्व लिन नसक्दा मतदाता पुराना पार्टीप्रति थप नकारात्मक हुने अवस्था आएको छ । त्यसमाथि जेनजी आन्दोलनका क्रमाम नेताका घरमा जलेका पैसालाई एआइले बनाएको भन्ने पुराना नेताहरुको भास्य उनीहरुकै लागि घातक हुने खतरा देखिएको छ ।

रास्वपाले विदेशमा रहेका युवा मतादातालाई स्वदेश फर्किन पनि आग्रह गरिरहेको छ भने घर आउन नपाउनेहरुले घर परिवार र आफन्तलाई प्रभावित गरिरहेका छन् । अहिलेसम्मको अवस्था हेर्दा, रास्वपाले निर्वाचनको माहौललाई आफूअनुकूल बनाउन खोजिरहेको देखिन्छ । देशका विभिन्न निर्वाचन क्षेत्रमा परिवर्तनको पक्षमा माहोल बन्दै गइरहेको अवस्था पनि छ ।

Skip This