Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


आज पनि शेयर बजारमा गिरावट


65
Shares

काठमाडौं ।
शेयर बजारमा आज पनि गिरावट आएको छ । विहान बजार खुलेदेखि नै घट्न थालेको बजार परिसूचक नेप्से अन्तिममा २६.०५ अंक घटेर २६७२.३९ विन्दुमा झरेको छ ।

नेप्सेसंगै आज कारोबार रकम पनि घटेको छ । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये आज व्यापार उपसमूहको परिसूचक सामान्य बढेको बाहेक अरु सवै उपसमूह घटेका छन् ।

वित्त उपसमूहको परिसूचक सर्वाधिक २.२९ प्रतिशत घट्दा विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशत भन्दा बढीले घटेका छन । २१२ कम्पनीको शेयर मूल्य घटेको बजारमा ४२ वटा कम्पनीको शेयर मूल्य मात्रै बढेको छ ।

खानीखोला हाइड्रो र रिडी पावर ग्रूपको शेयर सकारात्मक सर्किटको लेवलमा कारोबार हुँदा मायाखोला हाइड्रोका लगानीकर्ताले सर्वाधिक ५ दशमलव ४० प्रतिशत गुमाएका छन् ।

दिनभरमा ३२४ स्टकको दुई करोड ६७ लाख ६६ हजार कित्ता शेयर १० अर्ब ७७ करोड ३९ लाख १५ हजार रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । कारोबार रकमका आज रिडी हाइड्रोपावरको सर्वाधिक ७७ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

Skip This