Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


दलाई लामालाई जेफ्री एपस्टिनसँग जोड्ने प्रयास गरिएकोप्रति आपत्ति (विज्ञप्तिसहित)


273
Shares

काठमाडाैं । महामहिम दलाई लामालाई जेफ्री एपस्टिनसँग जोड्ने प्रयास गरिएकोप्रति आपत्ति जनाइएकाे छ।

लामाकाे कार्यालयले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै केही सञ्चार माध्यमका समाचार तथा सामाजिक सञ्जालमा फैलाइएका पोस्टहरूमा तथा कथित “एपस्टिन फाइल्स” सन्दर्भमा महामहिम लामालाई जेफ्री एपस्टिनसँग जोड्ने प्रयास गरिएको भन्दै आपत्ति जनाएकाे हाे । महामहिम लामाले जेफ्री एपस्टिनसँग कहिल्यै पनि भेट नगरेकाे जारी विज्ञप्ति उल्लेख गरिएकाे छ।

महामहिम लामाको तर्फबाट कसैलाई पनि उहाँसँग कुनै बैठक वा अन्तर्क्रिया गर्न अनुमति नदिएको दावी गरिएकाे छ ।